सामाजिक सञ्जाल

चीनका लागि राजदूतको नाम फिर्ता लिन/राष्ट्र बैंङ्कका गभर्नरमाथिको कारवाही रोक्न दिक्षीतको देउवालाई सल्लाह

२७ चैत, काठमाडौं । नागरिक समाजका अगुवा एबम् पत्रकार कनकमणि दिक्षीतले चीनका लागि राजदूतको नाम फिर्ता लिनु र राष्ट्र ब्याङ्क गभर्नरमाथिको कारवाही स्थगन गर्नु नै उचित हुने बताएका छन् ।
उनले ट्वीट गर्दै पुष्पकमल दाहाल एण्ड कम्पनीको राज्य सञ्चालनमा ‘क्रम्भङ्गता’ को निरन्तर प्रहार सामु लत्रिएको देख्दा नेपाली कांग्रेसमाथि जनताको के धारणा बन्दै छ होला भन्ने जिज्ञासासहित प्रधानमन्त्री देउवाले बुझ्ने कुरा हो भनेका छन् ।
उनको ट्वीटः पुष्पकमल दाहाल एण्ड कम्पनीको राज्य सञ्चालनमा ‘क्रम्भङ्गता’ को निरन्तर प्रहार सामु लत्रिएको देख्दा नेपाली कांग्रेसमाथि जनताको के धारणा बन्दै छ होला, प्रधानमन्त्री देउवाले बुझ्ने कुरा हो।
चीनका लागि राजदूतको नाम फिर्ता लिनु र राष्ट्र ब्याङ्क गभर्नरमाथिको कारवाही स्थगन गर्नु नै उचित देखिन्छ।