सामाजिक सञ्जाल

बानेश्वर काँग्रेसका उमेश खनालले गरे विवेकशीलबाट वडाध्यक्ष लड्ने घोषणा

३० चैत, काठमाडौं । नेपाली काँग्रेसका स्थानीय नेता उमेश खनालले विवेकशील साझा पार्टीबाट वडाध्यक्षमा उम्मेद्वारी दिने बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफुले विवेकशील साझा पार्टीमा उम्मेद्वारी दिने बताएका हुन् ।
काठमाडौं वडा नम्बर १० का स्थायी बासिन्दा खनालपुराना काँग्रेसी थिए । काँग्रेस परित्याग गरेको नखुलाएपनि उनले फेसबुकमा आफूले विवेकशील साझाबाट वडाध्यक्ष निर्बाचन लड्ने निर्णय गरेको विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र र विबेकशील साझा पार्टीकी काठमाडौं महानगर उम्मेद्वार समिक्षा बाँस्कोटासँग तस्विर खिचाएर सार्बजनिक गरेका छन् ।
काँग्रेसले आधिकारीक रुपमा खनालका बिषयमा केही बताएको छैन । काठमाडौं वडानम्बर १० इकाईमा वा वडा दुबैमा रामकुमार केसी सभापति र वडाध्यक्ष छन् । नेपाली काँग्रेसका प्रभानवशाली नेता प्रकाशमान सिंहको निर्बाचन क्षेत्र पर्ने बानेश्वर काँग्रेसका लागि महत्वपूर्ण मानिन्छ । काठमाडौं क्षेत्र नम्बर १ रबिन्द्र मिश्रको निर्बाचन क्षेत्रसमेत पर्छ । २०७४ सालको संघीय निर्बाचनमा मिश्र काँग्रेस नेता प्रकाशमान सिंहसँग पराजीत भएका थिए ।