सामाजिक सञ्जाल

साल मात्रै नयाँ होइन, हाम्रो कल्पना पनि नयाँ हुनुपर्छः उपसभापति गुरुङ

१ बैसाख, काठमाडौ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पात्रो मात्रै होइन, हाम्रो सोंच पनि फेरिनु पर्छ भनेका छन् । उपसभापति गुरुङले साल मात्रै नयाँ होइन, हाम्रो कल्पना पनि नयाँ हुनुपर्छ भन्दै सम्पूर्ण नेपाली जनतालाई नयाँ बर्ष २०७९ सालको शुभकामना दिएका छन् ।
उनले भनेका छन्, ‘सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नयाँ वर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना !’

उपसभापति गुरुङको ट्वीटः पात्रो मात्रै होइन, हाम्रो सोंच पनि फेरिनु पर्छ। साल मात्रै नयाँ होइन, हाम्रो कल्पना पनि नयाँ हुनुपर्छ।
सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नयाँ वर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना !