सामाजिक सञ्जाल

श्रृजना सिंह नेताकी बुहारी-श्रीमतीमात्र नभएर नेबिसंघबाटै राजनीतिमा सकृय काँग्रेस नेतृ हुन्ः सुवास निरौला

११ बैसाख, काठमाडौं । नेपाल पर्यटन बोर्डका पुर्व कार्यकारी निर्देशक सुवास निरौलाले श्रृजना सिंह नेताकी बुहारी, श्रीमतीमात्र नभएर नेबिसंघबाटै राजनीतिमा सकृय काँग्रेस नेतृ हुन् भनेका छन् ।
उनले नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहकी पत्नी श्रृजना सिंहले मेयरको टिकट पाउने पक्कापक्की भएपछि सिंहलाई जिताउन अपील गर्दै सामाजिक सञ्जालमा लेखेका हुन् ।

सुवास निरौलाको ट्वीटः काठमाडौको मेयर पदमा मन नेपाली काँग्रेसले श्रृजना सिंह लाई चयनगर्नु लाई गणेशमान जी र मंगला भाउजुको बुहारी वा प्रकाशमान सिंहको पत्नी मात्र नभई २०३८–४० ताका म स्वयं त्रि–चन्द्र कलेजमा नेबिसंघको बिधार्थी राजनीतिको अग्रपंक्तिमा रहेर सक्रिय रहँदा वहाँ पनि शंकरदेव क्याम्पसमा नेबिसंघको बिद्यार्थी राजनीतिको अग्रपंक्तिमा सक्रिय भई त्यहाँ नेबिसंघलाई स्थापित गराउन महत्वपूर्ण योगदान गरेको ईतिहासलाई सम्झिएर पनि गरेको हुनुपर्छ !! यो कालखण्ड र घटनाको साक्षी त्यबेलाका मेरा समकालीन साथीहरू छौं !! त्यसबेला ने बि संघको बिधार्थी राजनीतिमा छात्राहरूको उपस्थिति र सक्रियता ज्यादै न्यून रहन्थ्यो !! बिवाह पश्चात वहाँले शालीन र सभ्य तरिकाले कुनै अतिथि र कार्यकर्ताले गुनासो नगर्ने गरी चाक्सिबारी घरको पारिवारिक, राजनैतिक र सामाजिक दायित्व निर्वाह गरेको घटनाको पनि म लगायत अन्य थुप्रै कार्यकर्ता र शुभेच्छुकहरू साक्षी छौं !! वहाँ को यी लगायत अन्य थुप्रै योगदानलाई नबुझेर फलानाको बुहारी वा पत्नी भएको कारणले नै वहाँ काठमाडौको मेयरको लागि योग्य मानिएको भनेर टिप्पणी गर्न वहाँ प्रति मात्र नभई यस्तै परिवेश र परिस्थितिमा रहनु भएका अन्य पार्टीका पनि थुप्रै योग्य महिलाहरू प्रति अन्याय हुनजान्छ !!
काठमाडौ नगरबासिले पहिलो महिला मेयर पाउनु आफैंमा नयाँ ईतिहास रच्नु पनि हो !ण्█ वहाँको उम्मेदवारीलाई पूर्ण समर्थन गर्दै बिजय हुने अग्रिम शुभकामना ब्यक्त गर्दछु!! साथै, म संग सहमत काठमाडौका सबै प्रबुद्ध मतदाता ज्युहरूमा वहाँलाई मतदान गरेर अत्याधिक बहुमतले बिजयी गराईदिन सादर अनुरोध पनि गर्दछु
जय नेपाल