सामाजिक सञ्जाल

टिकट नपाएर पानी माथिको ओभानो कोही नबनौं, देशभर काँग्रेस उम्मेद्वारलाई जिताऔंः उपसभापति गुरुङ

१३ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीबाट उम्मेद्वार बनेका साथीहरूलाई जिताऔँ भनेर आह्वान गरेका छन् ।
उपसभापति गुरुङले फलना नेताका कारण तपाईंले टिकट नपाएको’ भनेर पानी माथिको ओभानो कोही नबनौं भन्दै उक्त आह्वान गरेका हुन् ।
उनको ट्वीटः
प्रिय साथीहरू, जय नेपाल।
पार्टीबाट उमेदवार बनेका साथीहरूलाई जिताऔँ । टिकट नपाएका साथीहरूलाई सम्झाउने काम गरौं। तर टिकट नपाएका साथीहरूलाई उल्टै ‘फलना नेताका कारण तपाईंले टिकट नपाएको’ भनेर पानी माथिको ओभानो कोही नबनौं।
‘तीनवटै तहमा कांग्रेसलाई सत्ता
दुई सन्तानसम्म सुत्केरीलाई भत्ता’