खेलकुद

नेपालले जिम्बावे ‘ए’ लाई जितका लागि १८२ रनको लक्ष्य दियो


१८ वैशाख, काठमाडौँ । पहिलो टी–ट्वान्टीमा सिरिजमा नेपालले जिम्बावे ‘ए’ टोलीलाई जितका लागि १८२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रनको योगफल बनायो । नेपालका लागि आदील अन्सारीलेले सर्वाधिक ४७ रनको योगदान दिए । उनले २७ बलमा चार चौका र तीन छक्कासहित ४७ रनको योगदान दिए ।

त्यस्तै कुशल भुर्तेलले ४६ रन जोड्दा रोहित पौडेलले ३९ रन बनाए । दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए भने आसिफ शेख ९ रनमा आउट भए । आरिफ शेख २ रनमा आउट भए भने करण केसी ४ रनमा अविजित रहे । बलिङमा जिम्बावेका ब्राड इभान्स, लुक जोंग्वे, बे्रन्डन मभुता र जोन मसराले समान १र१ विकेट लिए । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ टोली सँग उक्त सिरिज खेलिरहेको हो ।