खेलकुद

जिम्बावेले नेपाललाई जितको लागि २१४ रनको लक्ष्य दियो


२६ वैशाख, काठमाडौँ । जिम्बावे ‘ए’ टोलीले एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाललाई जितको लागि २१४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावेले ३२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१३ रनको योगफल बनायो । जिम्बावेका लागि टाडीवानाशे मारुमानीले सर्वाधिक ५० रनको योगदान दिए भने कुड्जाई मौन्जेले ३९ रन जोडे । त्यसैगरी रोय कियाले ३६, कप्तान टोनी मुन्योगाले २४, सेफासले १६, इनोसेन्ट कियाले १२ तथा लुक जोग्वी १९ रन जोडे । 

बलिङतर्फ नेपालका किशोर महतो एक्लैले पाँच विकेट लिए भने सोमपाल कामीले दुई विकेट झारे । त्यस्तै करण केसी र दिपेन्द्र सिंह ऐरीले समान एक/एक विकेट हात पारे । नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ ।