खेलकुद

नेपाली टेबलटेनिस टिम फाईनलमा


२७ वैशाख, काठमाडौँ । माल्दिभ्सको मालेमा जारी दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाईनल प्रवेश गरेको छ ।
नेपाली क्याडेट गल्र्स टिमले श्रीलङकन क्याडेट गल्र्स टिमलाई सेमिफाईनलमा ३: १ को जित निकाल्दै फाईनल प्रवेश गरेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराएका छन् । नेपाली टोलीले उपाधीका लागि फाईनलमा भारतको सामना गर्नेछ ।