समाचार

मतदानको समय सकियो, आजैबाट मतगनणा


३० वैशाख, काठमाडौँ । स्थानीय तह निर्वाचन मतदानको समय सकिएको छ । बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान समय निर्वाचन अयोगले निर्धारण गरेको थियो ।
निर्वाचन आयोगका अनुसार तोकिएको उक्त समय भित्र लाइनमा बसेका मतदाताहरुले मतदान गरिसक्नु पर्ने थियो । प्रमुख आयुक्त दिनेशकुमार थपालियले ७२ प्रतिशतसम्म मत खस्ने अपेक्षा गराएको बताए ।
देशमा विभिन्न कारणले छिटपुट बाहेक अधिकांश केन्द्रमा मतदान भएको आयोगले जनाएको छ ।
साथै मतदान कार्य सकिएलगत्तै मतपेतिका संकलन गरि आजै बेलुका देखि मतगनणा सुरु हुने आयोगले जनाएको छ ।