कर्णाली प्रदेश

मुसीकोटको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी


६ जेठ, रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ ।

मुसीकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका महेन्द्र केसी ६ हजार ९१४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का वसन्तकुमार शर्माले ६ हजार ९०१ मत प्राप्त गरे ।  

यस्तै, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का विमलकुमार पुनमगर ६ हजार १४० मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का थलबहादुर ओलीले पाँच हजार ९८५ मत ल्याए। 

मुसिकोटामा एमाले र कांग्रेसको तथा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन भएको थियो । चौध वडामध्ये आठमा माओवादी केन्द्र र ६ वडामा कांग्रेस विजयी भएको छ । 

यस्तै बाफीकोट गाउँपालिकामा समेत नेपाली कांग्रेस विजयी भएको छ ।