सुदूरपश्चिम

कञ्चनपुरको पुनर्वास नगरपालिकामा कांग्रेस निर्वाचित


९ जेठ, महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा कांग्रेसका उम्मेदवार नगरप्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् ।  नगरप्रमुखमा तोयप्रसाद शर्माले १० हजार ६००  र उपप्रमुखमा भुलिया रानाले सात हजार ३४५ मत प्राप्त गरी निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो नगरप्रमुखमा एमालेका पदम पुजाराले चार हजार ६७४ र एकीकृत समाजवादीका उम्मेदवार जीवनराज थापाले तीन हजार ७३४ मत प्राप्त गरेका छन् । 

 उपप्रमुखमा माओवादी केन्द्रका धोखे रानाले पाँच हजार ४९२ र एमालेका सुशीला खत्रीले पाँच हजार ३०३ मत ल्याएका छन् । अघिल्लो पटक पुनर्वासमा एमालेका उम्मेदवार जीवनराज थापा निर्वाचित भएका थिए ।