अन्तर्राष्ट्रिय

उत्तर कोरियाका ७८ प्रतिशत ज्वरोका विरामी निको भए


९ जेठ, प्योङ्याङ । उत्तर कोरियामा रहेका कम्तीमा पनि ७८ प्रतिशत ज्वरोका विरामी निको भएका त्यहाँको सरकारले जनाएको छ । कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जनाएअनुसार केही दिनदेखि त्यहाँ ज्वरोको प्रकोप बढेको थियो र अहिलेसम्म ७८ प्रतिशत भन्दा बढी निको भएका छन् ।

त्यहाँ अप्रिलको अन्तिम तिरबाट ठूलो संख्याका नागरिकमा ज्वरोको प्रकोप बढेको थियो । त्यस प्रकोपमा कम्तीमा पनि २६ लाख ४० हजार नागरिक परेका थिए । उनीहलाई केहीलाई अस्पताल भर्ना गरिएको थियो भने केहीको घरमै उपचार भएको थियो । शनिबार रातिसम्ममा २० लाख ६० हजार ज्वरोका विरामी निको भएका थिए, भने अरु केहीलाई उपचार जारी रहेको बताइएको छ ।

सो समाचार समितिकाअनुसार त्यहाँ ज्वरोको प्रकोपका कारण ६७ जनाको ज्यान गएको थियो । सुरुमा ज्वरो मात्र भनिएकामा पछि त्यहाँका कतिपय नागरिकमा कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो । तर उत्तर कोरियाली सरकारले कोरोनाको प्रकोप नभएर ज्वरो मात्र भएको बताएको छ ।