प्रदेश 2

पचरौता नगरपालिकामा एमाले विजयी


१० जेठ, कलैया । पचरौता नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । उक्त दलका जलनदर सिंहले चार हजार ७३३ मत ल्याई निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रमेश यादवले चार हजार ४६१ मत प्राप्त गरे ।
उपप्रमुखमा पनि एमालेकै नसिमा खातुनले चार हजार ५३८ मत ल्याई निवार्चित भइन्। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकै सगुफा खातुन चार हजार १६३ मतमा सीमित भए । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी पार्टीकातर्फबाट रमेशकुमार यादव प्रमुखामा र ईन्दुदेवी यादव उपप्रमुखमा निर्वाचित भएकी थिइन्।