मनोरञ्जन

बेलायतमा ’नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२ ’ हुने घोषणा

१५ जेठ,काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण विदेशी भूमिकामा हुन् नसकेको नेपाली फिल्म सम्बन्धि गतिविधि बढ्ने संकेत देखिएको छ । थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा ५ दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२ ’ आयोजना हुने भएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष मनोजक केसीले ५ दिनसम्म १० वटा फिल्म प्रदर्शन गरिने जानकारी दिए ।
’हामीले नेपाली परिवेशको , नेपाललाई चिनाउने फिल्मलाई लन्डनमा देखाउने छौँ । यसले नेपाली फिल्मको बजार विस्तारमा त टेवा पुर्याउछ नै नेपाली कला , संस्कृतिलाई समेत प्रवर्द्धन गर्छ’ अध्यक्ष केसीले भने,’हामीले कोरोनाको महामारी पश्चात नेपाली फिल्मलाई लिएर विदेशी भूमिमा कार्यक्रम गर्न लागेका हौँ । उनले नेपाली फिल्म के –कस्ता बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन र नयाँ – नयाँ स्वाद बोकेका नेपाली फिल्मलाई देखाउन कार्यक्रमको आयोजना गरेकोमा जोड दिए । ’हामी कहाँ के कस्ता फिल्महरु बनिरजेका छन । त्यो प्रवासी नेपाली दर्शकले थाहा पाउनु जरुरि छ । त्यसैले हामीले सेलेक्ट गरेर केहि फिल्म मात्र देखाउने छौँ’ उनले भने । अध्यक्ष केसीका अनुसार, महोत्सवको अन्तिम दिन फिल्मकर्मीहरूलाई सम्मानित समेत गरिनेछ ।
थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको महोत्सवमा नेपालबाट करिब ४० जनाको हाराहारीमा फिल्मकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका मानिस सहभागी हुनेछन् । महोत्सव सेप्टेम्बरमा हुने आयोजकले जानकारी दिएको छ । यसका लागि तयारी सुरु भइसकेको बताइएको छ । आयोजकले अब महोत्सवमा प्रदर्शन गरिने फिल्महरुको छनोट प्रक्रिया सुरु गरिएको बताएको छ ।