अन्तर्राष्ट्रिय

पुटिनद्वारा फ्रान्स र जर्मनी नेतासँग छलफल


१५ जेठ, मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोँ र जर्मन चान्स्लर ओलख स्कल्जसँग फोनवार्ता गरेको छ । उनले त्यस वार्तामा युक्रेनका विषयमा कुराकानी गरेको बताइएको छ । साथै उनले विश्वमा हाल देखा परिरहेको खाद्य सुरक्षाका बारेमा कुराकानी गरेको समाचारमा जनाइएको छ ।

शनिबार रुसी राष्ट्रपति पुटिनले उनीहरुसँग फोनमा कुराकानी गरेको मस्कोबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।त्यस अवसरमा रुसी राष्ट्रपति पुटिनले युक्रेनको पछिल्लो अवस्था र विशेषगरी युक्रेनमा रुसले गरेको सैन्य कारबाहीबारे जानकारी गराएका थिए ।

उनले रुसले युक्रेनमा गरिरहेको सैन्य कारबाहीका क्रममा अन्तर्राष्ट्रिय कानुनका साथै अन्य मूल्य मान्यताहरु पनि पालना गरेको जानकारी दिएका थिए ।