सामाजिक सञ्जाल

कमी कमजोरी सच्याएर एक भएर आगामी निर्बाचनमा जसरी पनि एमालेले जित्नुपर्छः भीम रावल

२३ जेठ, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्ने विचार ब्यक्त गरेका छन् ।
उनले ट्वीट गर्दै देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता भएको बताउँदै सबै सच्चिनुपर्ने विचार ब्यक्त गरेका हुन् ।
उनले यसका लागि एमालेले आगामी चुनाउ जित्नु पर्छ, यसो नगरी उल्टो बाटो हिड्दा झन पराजय हुनसक्छ भन्ने भबिष्यबाणी पनि गरेका छन् ।
एमाले वा कम्युनिष्ट फुटेको भनदै बाम एकताको कुरा बहस भईरहेका बेला नेता रावलले सबै एक भएर कमी कमजोरी सच्याएर एमाले एक हुनुपर्ने विचार ब्यक्र गरेका हुन् । माधव कुमार नेपालले पार्टी फुटाएर नेकपा एकीकृत समाजबादली गठन गरेपनि नेता रावल एमालेमै अध्यक्ष केपी शर्मा ओलीसँग बैचारिक संघर्ससहित टिकिरहेका बेला सबै मिलेर अगाडी बढ्नुपर्ने बिचारमा छन् ।
नेता रावलको ट्वीटः देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो। यसका लागि आगामी चुनाउ जित्नु पर्छ। कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ। यसो नगरी उल्टो बाटो हिड्दा झन पराजय हुनसक्छ।