सामाजिक सञ्जाल

गुरुराज आक्रोसित हुँदै भन्छन्ः जनता भोकै छन्, मतलव छैन, अनि पार्टी खोल्यो भनेर रुवावासी किन ?

८ असार, काठमाडौ । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले पार्टी खोल्यो भनेर रुवावासी किन ? भनेर प्रश्न गरेका छन् । उनले देश, समाज अस्तव्यस्त छ, यूवा निराश छन्, देशमाथि खर्बौंको ऋण छ, जनता भोकै छन्, मतलव छैन भन्दै आफ्नो पार्टी राम्रो चलाउन नयाँ पार्टी खोल्ने आरिस गर्नेलाई सुझाव दिएका छन् ।
नेता घिमिरेले भनेका छन्, ‘लोकतन्त्रमा नयाँ पार्टी खुल्यो भनेर किन रुवावासी गर्नु ! आफ्नो पार्टी राम्रो चलाए भैहाल्यो नि! अरुको गतिविधिमा मात्रै ध्यान दिनेले आफ्नो व्यवहार कहिल्यै सुधार्दैन।’
उनको ट्वीटः लोकतन्त्रमा नयाँ पार्टी खुल्यो भनेर किन रुवावासी गर्नु ! आफ्नो पार्टी राम्रो चलाए भैहाल्यो नि! अरुको गतिविधिमा मात्रै ध्यान दिनेले आफ्नो व्यवहार कहिल्यै सुधार्दैन। देश, समाज अस्तव्यस्त छ, यूवा निराश छन्, देशमाथि खर्बौंको ऋण छ, जनता भोकै छन्, मतलव छैन।अनि पार्टी खोल्यो भनेर रुवावासी किन ?