प्रदेश 1

उदयपुर देउरीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

२१ असार, उदयपुर । त्रियुगा नगरपालिका–८ देउरीमा एक पुरुषको मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लाग्दा मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका देउरीका ६५ वर्षीय मन्तु चौधरीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक मोहन थापाले बताए।