प्रदेश 1

धरानका मेयर साम्पाङको आव्हानमा केन्द्र मोशन पिक्चर्सद्वारा पाइप र डस्विन सहयोग

२१ असार, धरान । धरानको खानेपानी व्यवस्थापन र स्वच्च र सफा धरान बनाउन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(साम्पाङ)को आह्वान अनुसार सहयोग आउने क्रम जारी रहेको छ ।

खानेपानी र स्वच्छ धरान बनाउने अभियानमा मेयर साम्पाङलाई केन्द्र मोशन पिक्चर्सको टिमले सहयोग गरेको छ । उनीहरुले २ लाख ८४ हजार बराबरको १०० मिटर को १६० एमएमको पाइप र १५ थान डस्बिन हस्तान्तरण गरिएको छ ।

समाजसेवी तथा गीतकार मीना सिंगकको पहलमा केन्द्र मोशन पिक्चर्सका संचालक केन्द्र लिम्बुको सौजन्यमा पाइप तथा डष्विन वितरण गरिएको हो । आइतबार केन्द्र मोशन पिक्चर्सका सिइओ अरविन लिम्बु लिम्बुले धरान खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष समेत रहेका मेयर साम्पाङलाई बोर्डको कार्यालयमा पाइप तथा डस्विन हस्तान्तरण गरेका थिए । उक्त पाइप खर्दुखोलाको पानी ल्याउनका लागि प्रयोग गरिने मेयर साम्पाङले बताए । खर्दु खोलाबाट खानेपानी ट्याङकीसम्म पानी ल्याउन ४५० मिटर दुरी रहेको छ । अरु ३५० मिटर पाइप व्यवस्थापन गरि चाढै खर्दु खोलाको पानी व्यवस्थापन गरिने उनले बताए ।

मेयर साम्पाङले खानेपानी व्यवस्थापन तथा धरानलाई व्यवस्थित शहर बनाउन सार्वजनिक रुपमा सहयोगको लागि आव्हान गरेका थिए। उनको आव्हान अनुसार सहयोग आउने क्रम जारी रहेको छ । खानेपानी व्यवस्थापनका लागि स्थानीयले श्रमदान पनि गर्दै आएका छन्।