सामाजिक सञ्जाल

डा रावलको टिप्पणीः प्रचण्डको पालैपालो प्रधानमन्त्री बन्ने भनाई पद र सत्ताको चरम स्वार्थ

३ असार, काठमाडौं । नेकपा एमालेका नेता डा भीम रावलले स्वदेश फर्किनासाथ प्रधानमन्त्री आलोपालो गर्ने कुरा पद र सत्ताको चरम स्वार्थ ! भन्ने संज्ञा दिएका छन् ।
डा रावलले ट्वीट गर्दै प्रचण्ड’ले भारतीय विदेश मन्त्री र सुरक्षा सल्लाहाकार संगको कुरामा भारतीय पक्षको भनाई बारे केही उल्लेख नगरेको कुरामा आपत्ती जनाउँदै पदको बाँडफाँडका लागि माओबादी केन्द्रका अध्यक्ष लालाहीत भएको तर्क गरेका छन् ।
पुर्वगृहमन्त्रीसमेत रहेका नेता रावलले माओवादी र भाजपाले संयुक्त कार्यक्रम गर्ने र वाम एकता नहुने जानकारी गराइएको कुरालाई पनि राख्दै माओबादी अध्यक्ष दहालको बिरोध गरेका छन् ।

डा रावलको ट्वीटः प्रचण्ड’ले भारतीय विदेश मन्त्री र सुरक्षा सल्लाहाकार संगको कुरामा भारतीय पक्षको भनाई बारे केही उल्लेख गर्नु भएको छैन। माओवादी र भाजपाले संयुक्त कार्यक्रम गर्ने र वाम एकता नहुने जानकारी गराइएको छ। स्वदेश फर्किनासाथ प्रमं आलोपालो गर्ने भनिएकोे छ । पद र सत्ताको चरम स्वार्थ !