सूचना प्रविधि

क्लास्सिक टेकले नेपालभरी थप ३०० फाइबर प्राविधिक कर्मचारी नियुक्त गर्दै

८ साउन, काठमाडौँ । देश को अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रधायक कम्पनी क्लास्सिक टेकले देशै भरि थप ३०० नयाँ प्राविधिक कर्मचारी नियुक्त गरेको छ । वर्षा मौसममा धेरै फाइबर सम्बन्धी समस्या आउने र कर्मचारी पानीको कारणले बिधुत पोलमा चडेर काम गर्न नमिल्ने भएकोले ,र बढ्दो ग्राहकलाई सुबिधा दिन इटिआर भित्र काम गर्न कम्पनीले यो धेरै संख्यामा कर्मचारी नियुक्त गरेको हो । अब क्लास्सिक टेकको १०३ आउटलेट संगै रहेका आफ्ना प्रयोगकर्ताहरुको लागी सपोर्टको पहुँच बढाएको छ । जसले गर्दा छिटो प्राविधिक सहायता दिन मद्धत पुर्याउने छ भने मर्मतमा लाग्ने समय पनि घटेर छिटो छरितो रुपमा सेवा प्रदान गर्न थप मद्धत पुग्ने कम्पनीको भनाइ रहेको छ । यसका साथै क्लास्सिक टेकले आफ्नो आइपी टिभी पनि अपडेट भर्सन १ . १ . १ ल्याएको छ । १०० भन्दा बढी एज्डी च्यानेल र १०० एस्डी च्यानेलहरुमा पनि नयाँ फिचर ल्याएको छ । जसले गर्दा टिवीमा हेर्दाको अनुभवलाई अझै राम्रो बनाउने छ , बुफिरिङ फ्रिहरुको समाधान गर्ने कम्पनीले बताएको छ ।
यो संगै कम्पनीले आउने दिनमा आफ्नो नेटवर्क नेपालको दुर्गम क्षेत्रमा विस्तार गर्दै जाने र ग्राहकलाई राम्रो इन्टरनेट न्यूनतम मूल्यमा दिने रहेको छ ।
यसमा थप जानकारी को लागि www.classic.com.np बाट लिन सकिने छ वा 9801004477 मा जानकारी लिन सकिने छ ।