मनोरञ्जन

केसीलाई अध्यक्ष बनाएपछि प्रधानले प्रधानमन्त्री/ सञ्चारमन्त्रीलाई भने, ‘तपाईंहरुलाई तपाईंकै इमानदार कार्यकर्ताले सराप्ने छन्’

११ साउन, काठमाडौं । सरकारले बरिष्ठ कलाकार भूवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।
१० जना प्रतिस्पर्धीलाई उछिन्दै चलचित्र विकास बोर्डको नियुक्ती भूवन केसीलाई गरेपछि सञ्चार मन्त्रीको गृहजिल्लाका पुराना काँग्रेससमेत रहेका अरुण बराल सरकारसँग आक्रोशित बनेका छन् ।
चलचित्र विकास बोर्डको अध्यक्षका प्रत्यासी रहेका प्रधानले भावुक ढंगबाट प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलगायत काँग्रेसका उच्च स्तरका नेतासंग सुझावसहित आक्रोश पोखेका छन् ।
यसभन्दा अगाडी नै चलचित्र विकास बोर्डको सदस्य बनिसकेका सुनसरीका स्थायी बासिन्दासमेत रहेका सिने क्षेत्रका प्रधानको चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने सम्भावना रहेको भएपनि उनलाई नबनाईएपछि आक्रोश पोखेका छन् ।
प्रधानलाई नेपाली काँग्रेस सुनसरी, नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिलगायतले औपचारिक रुपमा अधयक्षका लागि सिफरिस गरेको थियो भने सिने क्षेत्रका दर्जनौं संस्थाको समर्थन थियो ।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानले भनेका छन्ः
नमस्कार मेरा अग्रज चलचित्रकर्मीहरु, मेरो जिल्ला, क्षेत्र, प्रदेश १ अनी सात वटै प्रदेशबाट मलाई सहयोग गर्ने सम्पूर्ण नेताज्युहरु, मन्त्री ज्यु हरु । कुनै पनि राजनैतीक भेदभाव नराखी मलाई खुलेर साथ सहयोग गर्ने नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १, निर्देशक समाज,आदिवासी जनजाती चलचित्र महासंघ,कलाकार संघ, प्राविधिक संघ, निर्त्यकर्मी संघ लगायत सम्पूर्ण चलचित्रकर्मी ज्यु हरु, पत्रकार, बुद्धिजिवी, समाजसेवी ज्युहरु, मेरा सम्पूर्ण शुभचिन्तक मित्रहरु तपाईंहरु सबै लाई अन्तर हृदयबाट हार्दिक हार्दिक आभार प्रकट गर्न चाहन्छु । तपाईंहरुको साथ,सहयोग, प्रेरणा, हौसला, आशिर्वाद र मायाले गर्दा म यो अवस्था सम्म आउन सफल भएको छु । सबैको प्रयास हुँदा हुँदै पनि अहिलेको यस दौडमा म सफल हुन सकिन तर पनि म हारेको छैन । हिजो पनि कुनै लोभ, लालच नराखी निस्वार्थ भावले बिभिन्न संघ संस्थामा आबद्ध भाई कर्म गर्दै आएको थिए । भोली पनि गर्ने छु ।
चलचित्र बिकास बोर्डलाई पार्टिको कार्यकर्ता भर्ती केन्द्रको रुपमा लिने भनिन्छ । वास्तवमा सत्यता यही नै हो । जुन सरकार आउछ उसैको कार्यकर्तानै बोर्ड अध्यक्षको रुपमा नियुक्ती पाउछ । अहिले पनि त्यही भएको हो । फरक यती मात्र हो । को कहिले अनी कहाँबाट भन्ने कुरा चाँही पार्टी नेत्रित्वले पक्कै बुझ्नु पर्छ र ति व्यक्ती लाई डोर्याउने देशका अतिनै प्रभावशाली व्यक्तित्वहरुले पनि बुझ्नु पर्छ ।
पार्टी नेत्रित्वलाई एउटा कुरा म सचेत गराउन चाहन्छु, मंगसिरमा चुनाव आउँदै छ। पार्टी प्रवेश गर्ने भिआईपी फेरी पनि आउन सक्छन उनिहरुलाई तपाईंलाई यो पद र त्यो पद दिन्छु भन्दै आश्वासन नदिनु होला, तपाईंहरुलाई तपाईंकै इमानदार कार्यकर्ताले सराप्ने छन । हुन त कसको श्रापले यहाँ कसलाई नै के हुने हो रु सतिले श्रापेको देशमा ।
म आफुलाई कार्यकर्ता मात्र नभएर संस्था हाँक्न सक्ने, एउटा नयाँ सोच र गती दिएर काम गर्न सक्ने एउटा ईनर्जेटिक युवाको रुपमा लिन्छु । आज बिभिन्न ठाउमा यस्तै इनर्जी भएका स्वतन्त्र युवाहरुको जित भएको छ । म पनि आफुलाई त्यस्तै युवाहरुको जमातमा पाउछु । पार्टी र नेत्रेत्व वर्गले हामी जस्तो युवाको पहिचान गर्न नसक्नु, काम गराउन नसक्नु यो वहाँहरुको दुर्भाग्य हो । यस्तै यस्तै कार्यले गर्दा अब देशको राष्ट्रिय राजनीतिमा धक्का पुग्ने सम्भावना बढेर आएको छ । अब यो कुरा हामीले भन्दा राजनैतीक बिश्लेसकलेनै गरेको राम्रो हुन्छ।
विगतका मेरा अनुभवको आधारमा, मैले गरेको कार्यको आधारमानै म आफुलाई योग्य भन्न रुचाउछु ।
अन्त्यमा नव नियुक्त चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसि दाईलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
जय नेपाली चलचित्र, जय नेपाल ।
अरुण कुमार प्रधान