१८ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ रामपुर कृषि क्याम्पस इकाई समितिद्वारा क्याम्पस प्रशासनिक कार्यालय र डिन कार्यालयमा तालाबन्दी गरेको छ।
नेपाल विद्यार्थी संघ कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवनले विभिन्न क्याम्पसमा रिक्त रहेको क्याम्पस प्रमुख पदमा मिलन सुवेदीलाई पुनः गैरकानुनी रुपमा नियुक्त गरिएको भन्दै नियुक्ति खारेज गर्न माग गरेको गर्दै तालाबन्दी गरेको हो ।
संघले मंगलबार विज्ञप्ति जारी गर्दै रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस सुन्दरबजार, पक्लिहवा क्याम्पस पक्लिहवा र गौरादह क्याम्पस झापाले नयाँ क्याम्पस प्रमुख नियुक्त गर्दा योग्य, अनुभवी र सिनियर प्राध्यापकको नियुक्ति गर्नु पर्नेमा जुनियर र आफुखुशी नियुक्त गरेको भन्दै विरोध गरेको छ ।
संघले निज व्यक्तिहरुलाई दिइएको नियुक्ति खारेज गर्न ४८ घण्टे ‘अल्टिमेटम’ दिँदै मंगलबार रामपुर क्याम्पस खैरहनी र कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरमा अनिश्चितकालीन तालाबन्दी समेत गरेको छ ।
यदि यो तालाबन्दी लाई लापरबाही गरेर विद्यार्थी लाई झन जिस्काउने कार्य गरेमा सभापति सुरज यादव र सचिव आशिष देवकोटाले हस्ताक्षर गरेको विज्ञिप्तमा सो कुरा उल्लेख छ ।
यसै सन्दर्भमा विध्यार्थी बर्गले उठाएको सही मुद्धालाई हस्ताक्षेप गर्न क्याम्पस प्रमुख मिलन सुवेदीले अखिल क्रान्तिकारीको स्थानीय गुण्डाहरु प्रयोगमा ल्याएको नेविसंघ रामपुर क्याम्पस का इकाई सचिव आशिष देबकोटाले जानकारी दिएका छन्।
विद्यार्थीहरूको मुताबित विध्यार्थी को जायज आवाज लाई दबाउन स्वयम् क्याम्पस प्रमुख दारा विधार्थी लाई डर , त्रास र असुरक्षित महसुस हुने कार्य गराएको आरोप लगाएका छन्। अखिल क्रान्तिकारी बाहिरी विद्यार्थीहरुले अनावश्यक रूपमा नगर प्रमुख माथि आँच आउने खालका नेबिसंघलाई मेयरको उक्साहटँमा उचालेर आन्दोलन गरेको जस्ता अभिव्यक्ति आएको हुँदा त्यस कुरा प्रति नेपाल विद्यार्थी संघ रामपुर कृषि क्याम्पस को गम्भीर ध्यानाकर्षण भएको साथै हामी यहाँ विद्यार्थीहरु ४ वर्ष पढ्न आएको हो र पढ्दै पनि गर्दा हिजो लालमणि चौधरी नगर प्रमुख हुँदा विद्यार्थीका मागहरु बारम्बार उठाउँदै गरेको र आज भोलि पनि जायज मागहरु उठाउने छौ। अझै क्याम्पस नाजुक देखिसकेपछि नगर प्रमुख शशी खनियाँ लाई क्याम्पस प्रमुखको कुरा नेबिसंघले उठाउँदा नगर प्रमुखले उल्टो क्याम्पस प्रमुख नियमलाई त पालना गरेर जुन सुकै आउँदा राम्रो तर त्यो भन्दा पनि ठुलो समस्या र ध्यान रामपुर क्याम्पस लाई जुन उद्देश्यले यहाँ ल्याएर सोचिएको जुन आफ्नै जग्गामा सार्नु ठुलो जटिल समस्या र आवश्यकता रहेको र यसले गर्दा वार्षिक नगर पालिकाको रकम अनावश्यक रूपमा खेर गएकोले कारण क्याम्पसको भित्रि कुरा भन्दा पनि क्याम्पसको ब्याबस्थापनमा चासो भएको जानकारी दिएको इकाई समिति सचिव आशिष देबकोटा ले जानकारी दिए। देवकोटाका अनुसार नेबिसंघले रामपुर कृषि क्याम्पस प्रशासनिक भवन र डिन कार्यालय अनिश्चितकालीन तालाबन्दी गरेको बेला आवेसमा आएर अखिल क्रान्तिकारी बाहिरी विद्यार्थीहरुले खैरहनि नगर भित्र का पब्लिक ,निमावि र माध्यमिक विद्यालय तालाबन्दी गर्नु लाजमर्दो र घृणित कार्य भएको बताए। क्रान्तिकारी बाहिरी विद्यार्थीहरुले अनावश्यक रूपमा नेविसंघ सभापति सुरज यादवलाई मिलन सुबेदीको निर्देशनमा ओम थपलिया, बिराज उप्रेती, प्रमोद गौतम लगायतका स्थानिय गुण्डाद्वारा ताल्चा नलागन दबाब दिएको र ताल्चा लगाएमा नराम्रो हुने धम्की बारम्बार दिएको कुरा सार्वजनिक भएको छ। यी व्यक्तिहरुले रामपुर क्याम्पसका प्राध्यापक विष्णु विलास अधिकारको ब्याक्तीगत सामाजिक सञ्जालको पोष्टमा विधार्थी हरूलाई समेत धम्काउँदै, प्राध्यापक स्वयंको चरित्र हत्या गर्ने अभिव्यक्ति सामाजिक सञ्जालमा गरेका छन। सभापतिलाई समेत जातिय भेदभावको व्यावहार क्रान्तिकारी स्थानीय बाहिरी विद्यार्थीले गरेको कुरालाई विधार्थी नेत्री अस्मिता भुषालले मन छियाछिया पारेको बताएका छन् । उनले एउटा शिक्षक र विद्यार्थी नेतालाई सम्मान गर्ने ल्याकत नराख्नेले गुन्डागर्दी र अपमानजनक गालीगलौज गर्ने अधिकार पनि कसैलाई नभएको उल्लेख गर्नु भयो। ‘क्याम्पस भित्रको आन्तरिक द्वन्द्व हो, अनावश्यक बाहिरी हस्तक्षेप गर्न नआएकै राम्रो र आउनुहुन्छ भने पनि अलि सभ्य ढङ्गले वैचारिक तर्क दिनुस् गुन्डागर्दीको तुच्छ पसारो नगरिदिनुस् भनेर नेपाल विद्यार्थी संघ निवर्तमान सभापति सौरभ यादवले आग्रह गर्नुभएको छ।’
एक जना पूर्व पक्लिहवा क्याम्पस अध्ययनरत विधार्थीले यसो भनेका छन्।
‘मलाई ७३ साल चैत्र तिर पक्लिहवा क्याम्पसमा मिलन सुवेदी सर होस्टेल वार्डेन हुँदा उहाँको राजिनामा माग्दा यसै गरि बाहिरको गुण्डाहरु परिचालित गरि फोन गर्न लगाउने गरेको याद छ । आज ४ वर्ष खैरहनी स्थित रामपुर क्याम्पस प्रमुख भएर कार्यकाल सकिदा क्याम्पसको अबस्था ४ वर्श अघिकै अवस्थामा छ । क्याम्पस प्रमुख मिलन सुवेदी सर असफल भएको कुरा छर्लङ्ग छ। असफल व्यक्ति दोहोरिने कुरा जायज छैन, कुशल र जेष्ठ शिक्षकलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिनुपर्छ ।’
क्याम्पस प्रमुखले गरेको यस निन्दनीय कार्य प्रति सम्पूर्ण नेविसंघ परिवारले घोर भर्त्सना गर्दै अन्य विध्यार्थी संगठन लाई समेत यस कुराको विरोध गर्न सभापति सुरज यादव र सचिव आशिष देबकोटा दुबैले अपिल गरेका छन्।








