बाग्मती

टंकप्रसाद प्रतिष्ठानः रेवन्त कुमारीको २० औं स्मृतिमा अन्तरकृया सम्पन्न

१८ साउन, काठमाडौं । रेवन्त कुमारी आचार्यको २० औं स्मृतिसभा आज ‘राजनीतिक तथा सामाजिक विकासमा महिला’ बिषयक अन्तरकृया गर्दै सम्पन्न भएको छ ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली, बौद्धिक ब्यक्तीत्व अरबिन्द रिमाल, डा मिना आचार्य, गोपाल शाक्य, गोमा देवकोटा, सीता पौडेललगायतका सरोकारवालाहरुले रेवन्तकुमारीको योगदान महिला आन्दोलनको अगुवाको रुपमा महत्वपूर्ण भएको बताएका थिए ।
टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानद्वारा आजोजीत कार्यक्रम प्रतिष्ठानका अध्यक्ष शुशील प्याकुरेलले गरेका थिए । पुर्व प्रधानमन्त्री एबम् ज्युँदासहिद टंकप्रसाद आचार्यको नाममा गठीत प्रतिष्ठानद्वारा आचार्यजीत उक्त कार्यक्रमका वक्ताले टंकप्रसाद आचार्य नेपालमा पहिलो नेपाल प्रजा परिषद भन्ने पार्टी खोल्ने पहिलो योद्धा भएको भन्दै टंकप्रसादका हरेक सफलतामा उहाँकी पत्नी रेवन्त कुमारीको हात रहेको बताएका थिए ।

महिलामा शसक्त, निर्भिक, पथप्रदर्शक, आदर्स, आदरणीय भएको भन्दै रेवन्त कुमारीको योगदानको कदर हुन नसकेको भन्दै इतिहास नै पुनः लेखन गर्ने समय आएको सहभागी महिला वक्ताको विचार रहेको थियो ।