प्रदेश 1

काँग्रेससहित गठबन्धन दल/धरान उपमहानगरका प्रमुखसहितकाे विभिन्न मन्त्रालयमा डेलिगेशन

३० साउन, काठमाडौं । सत्ता गठबन्धन दलको दलिय संयन्त्रको पहल र अगुवाईमा धरान उपमहानगरका प्रमुख र उपप्रमुख सहित विभिन्न मन्त्रालयमा डेलिगेशन गएको छ ।
टोलीमा संयन्त्रका संयोजक किशोर राई, नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नेकपा माओेवादी केन्द्रका नगर इन्चार्ज चोत्लुङ, जसपाका नगर अध्यक्ष ताजुव लिम्बू, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष रेवतीरमण राई, नेपाली काँग्रेसका प्रदेश सदस्य गणेश परियार, नेकपा माओवादी केन्द्रका नगर सचिवालय सदस्य सीपी बजगाई रेहेको छ ।
टोलीले आज स्वास्थ्य मन्त्री र शिक्षा मन्त्रीलाई भेट गरेको छ ।
स्वास्थ्य मन्त्रीसँग वीपी प्रतिष्ठानको डेफिसिट बजेट, शिक्षक कर्मचारीको वृत्ति विकास, एमआरआई मेशिन, आइसियु, डायलाईसिस, क्याथ ल्याव, कार्डियोलोजी सेन्टर र अन्कोलोजी सेन्टर निर्माण, आर्थिक कारोवारलाई एकद्वार नीति अवलम्वन गर्ने लगायतका बारेमा सकरात्मक छलफल भएको छ । साथै भदौ ५ गते स्थलगत निरीक्षण गर्न मन्त्री भवानी प्रसाद खापुङ धरान आउने भएको छ । साथै बराहक्षेत्र न।पा। ले चतरा अस्पतालका लागि एम्वुलेन्स र शव वाहन खरिद गर्ने भएमा सम्पुर्ण कर छुट गर्ने समेत भएको छ । भेटमा स्वास्थ्य सचिव डा। रोशन पोखरेलको उपस्थिति रहेको थियो ।
त्यसैगरी टोलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग पनि भेट गरेको छ । भेटमा बहुभाषिक विधालय निर्माण र सञ्चालन, नगरपालिकाको सहकार्यमा सिटिभिटिवाट शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने भएको छ ।
टोलीले सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग पनि भेट गरेको छ । मन्त्री कार्कीसँगको भेटमा धरानमा डाटा सेन्टर निर्माण गर्ने भएको छ । साथै धरानको समग्र विकासमा पुर्ण सहयोग गर्ने समेत बताएका छन् ।
टोलीमा पुर्व प्रदेश प्रमुख डा गोविन्द सुब्बा, सांसद मिना सुब्बा, सांसद सिताराम महतो, राष्ट्रिय सभा सदस्य जयन्ती राई, जसपाका केन्द्रीय सदस्य भिम राई, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वा, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जीवन राई, काँग्रेसका नेताहरु बुद्वी कटवाल, डा. तुलसी गौतम, रोहित सुब्बा, सुरेन्द्र राई, काठमाण्डौं सुनसरी सम्पर्क समितिका अध्यक्ष बाबुराम आचार्यलगायत सहभागी थिए ।