राजनीति

अनाधिकृत रुपमा बनाईएका घर-टहरा भत्काउने बालेनको कार्यको काँग्रेस उपसभापति गुरुङद्वारा प्रशंसा

९ भदौ, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले काठमाडौंका मेयर बालेन्द्र शाहको प्रशंसा गरेका छन् ।
हिजो र आज काठमाडौंका अनाधिकृत रुपमा बनाईएका संरचना, अनाधिकृत रुपमा राखिएका पुटपाथका पसल हटाउने कार्य सुरु गरेकोमा नेता गुरुङको प्रशंसा आएको हो । नेपाली काँग्रेस जस्तो देशकै नेतृत्व गरेको पार्टीको उच्च तहबाट खुल्लामखुल्ला रुपमा आएको बालेनको यो नै पहिलो प्रशंसा हो । राजनीतिक दलहरुले स्वतन्त्र उम्मेद्वारको बिरोध गरेका भएपनि नेता गुरुङले राम्रो कार्यको खुलेर समर्थन गरेका छन् ।
उनले भनेका छन्ः
‘शालिक बनाउने’ काठमाण्डौंको मेयरको निर्णय सुन्दा मलाई लागेको थियो ‘जुन जोगी आए पनि कानै चिरेको’ तर अनधिकृत रुपमा बनाइएका घर–टहराहरु भत्काउने कार्यको थालनी देख्दा केही फरकपन महसुस गरेको छु।
यस कार्यको खुलेर प्रशंसा गर्छु।