मनोरञ्जन

सारेगामा म्युजिक अवार्डको लागि आवेदन खुल्ला

११ भाद्र, काठमाडौं । नेपालकै पहिलो अपोलो ८ साउण्ड कार्डबाट राम्रो क्वालिटीको गीत रेकर्ड गर्दै आइरहेको अत्याधुनिक प्रविधिको स्टुडियो सारेगामा स्टुडियो प्राइबेट लिमिटेडको आयोजनामा सारेगामा म्युजिक अवार्ड कार्यक्रम गर्न लागेको छ । अवार्डका लागि आवेदन फाराम खुल्ला गरिएको आयोजक सस्थाले बताएको छ ।

पहिलो कार्यक्रममार्फत गीत संगीतमा योगदान दिएका विभिन्न कलाकारहरुलाई प्रोत्साहनको लागि अवार्ड प्रदान गर्न लागेको स्टुडियोका प्रबन्ध निर्देशक विजय गुरुङले जानकारी दिए ।

नेपाली मौलिक गीत संगीतमा योगदान दिएका कलाकारहरुलाई अवार्डमार्फत सम्मान गर्न लागेको संस्थाकी अध्यक्ष तृप्ति खड्का गुरुङले बताए । आफू पनि गायिका भएकाले कलाकारहरुको उक्त अवार्डले थप हौसला प्रदान गर्नेमा आफु आशावादी रहेको सस्थाकी अध्यक्ष तृप्ती खड्का ले बताए । राष्ट्रिय , आधुनिक , लोकदोहोरी , पप , लोक आधुनिक , भजन ,भाषा भाषी , पर्ब ,युगल , गजल विधामा अवार्ड गर्न लागिएको हो । गायक, गायिका , मोडेल महिला, मोडेल पुरुष ,गीतकार ,संगीतकार ,एरेन्जर, सम्पादक ,छायाँकार , भिडियो निर्देशक ,निर्माता, मेकअप , रेकडिस्ट, नायक ,नायिका , कथाकार अडियो मिक्सिङ ,भाषा भाषी लगायतका श्रष्टा र सर्जकले आवेदन भर्न सक्ने आयोजक सस्थाकी अध्यक्ष तृप्तीले बताए । अवार्ड वितरण भने आगामी मंसिर २ गते आयोजनाको तयारीमा जुटेको प्रबन्ध निर्देशक गुरुले बताए ।