प्रदेश 1

सभापति भण्डारीले गरे अस्पताल/बृद्धाश्रमलाई पाँच करोडको जग्गा दान, उपसापति गुरुगंलगायत बिश्वभरबाट प्रशंसा

१५ भदौ, काठमाडौं । नेपाली काँग्रेसका सुनसरी जिल्ला सभापति एबम् इनरुवा नगरपालीकाका मेयर केदार भण्डारीले पाँच करोड मूल्य पर्ने जग्गा अस्पताल, बृद्धाश्रम निर्माणका लागि दान दिएका छन् ।
उनले इनरुवा वडा नम्बर ५ बलाहाको महंगो जग्गा दान गरेर पूण्य काम गरेका छन् । अधिवक्तासमेत रहेका भण्डारीले जग्गा दान दिएर नेपाली काँग्रेस र सिंगो सुनसरीकै इज्जत राखेको र युवा पुस्तामा प्रेरणाको स्रोत बनेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रदेश नम्बर १ संसदीय दलका नेता राजीव कोईरालाले धन्यबाद दिएका छन् ।
नेता कोईरालाले भनेका छन्, राजनीति पद प्राप्तीका लागि मात्र हैन निस्वार्थ सेवाका लागि गरिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै सुनसरी पार्टी जिल्ला सभापति एवं इनरुवा नगर प्रमुख केदार भण्डारीजिले आफ्नु १९ कठ्ठा जग्गा वृद्ध आश्रम, आँखा अस्पताल, जिल्ला आयुर्वेदिक अस्पतालका लागि इनरुवा नगरपालिकालाई दान दिने घोषणा गर्नु भएको खबरले उत्साहित बनाएको छ । वहाँलाई हार्दिक धन्यवाद एवं शुभकामना ।
सुनसरीसहित बिश्वभर बस्ने नेपालीहरुले भर्खरै सम्पन्न स्थानीय तहको निर्बाचनबाट मेयरमा निर्बाचित भएका सुनसरी जिल्ला सभापति केदार भण्डारीको प्रशंसा गरेका छन्। पार्टीभित्र धनबाद, डनबाद हावी भएका बेला सभापति भण्डारीको कार्य एकदम राम्रो भएको र यसलाई सबै काँग्रेस नेता कार्यकर्ताले प्रेरणाको स्रोतको रुपमा लिनुपर्ने नेपाली काँग्रेस उपसभापति धनराज गुरुगंले बताएका छन् । ।