प्रदेश 1

जहादा गाउँपालिका स्थित स्वास्थ्यचौकी उद्घाटन

१६ भाद्र, विराटनगर । मोरङको जहादा गाउँपालिका–३ स्थित भातिगञ्छ स्वास्थ्यचौकी भवनको आज उद्घाटन गरिएको छ ।

कूल रु २४ लाखमा निर्माण भएको सो स्वास्थ्यचौकीको तीन कोठे भवनको प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले उद्घाटन गरे ।  लामो समयदेखि जीर्ण भवनमा सञ्चालन रहेको सो भवनमा वडा कार्यालयले रु १४ लाख र प्रदेश १ को स्वास्थ्य मन्त्रालयले रु १० लाख सहयोग गरेका छन्  । 

  प्रदेश स्वास्थ्यमन्त्री यादवले भवन निर्माण भएपछि स्वास्थ्य उपकरणसँगै अन्य सहयोग प्रदेश सरकारले दिन तयार रहेको बताए । वडाध्यक्ष अनिलकुमार ठाकुरले भवन निर्माण भएपछि वडावासीले स्वास्थ्य सेवा लिन आउँदा भोग्नुपर्ने समस्या हटेको बताए ।