आर्थिक

मेचेडाँगी पाटापुर सडक निर्माणलाई २५ करोड

२२ भाद्र, सुरुङ्गा (झापा) । पूर्वो–उत्तर झापाको मेचीनग– १ मेचेडाँगीदेखि नेपाल–भारत सिमानामा पर्ने पाटापुरसम्मको चार किलोमिटर सडक निर्माण प्रक्रिया सुरु भएको छ ।

मदन भण्डारी राजमार्ग अन्गर्गत पर्ने सो सडक निर्माणका लागि रु २५ करोड निकासा भएपछि सडक निर्माण प्रक्रिया अघि बढेको हो ।

सरकारले रकम निकासा गरेसँगै मदन भण्डारी राजमार्ग निर्माण परियोजना डिभिजन कार्यालय दमकले बोलपत्रसमेत आह्वान गरेको छ । बोलपत्र आह्वानसँगै परियोजना प्रमुख सुवोध देवकोटासहितको टोलीले सडकको अनुगमन समेत गरेको छ ।