बाग्मती

विपन्न परिवारलाई आवास हस्तान्तरण

४ असोज, भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र रहेका अतिविपन्न परिवारलाई आवास हस्तान्तरण गरिएको छ ।

बागमती प्रदेश सरकारको सहयोगमा अतिविपन्न चार परिवारलाई आज आवास हस्तान्तरण गरिएको हो ।

प्रदेश सरकारको बजेटमा निर्माण भएको चार वटा एकतले घर चार परिवारलाई आज बागमती प्रदेशसभाका निवर्तमान सदस्य डा राजेन्द्रमान श्रेष्ठले आवासको साँचो हस्तान्तरण गरेका छन् । 

बागमती प्रदेश सरकारद्वारा प्राप्त रु १७ लाख २० हजारबाट मध्यपुरथिमि नगरपालिको बोडे, नगदेश, चपाचो र ताहाननीमा एक एक जना अति विपन्नलाई आवासको साँचो हस्तान्तरण गरिएको हो । डा श्रेष्ठले मध्यपुरथिमिमा अझै धेरै नै अतिविपन्न परिवार रहेकाले त्यस्ता परिवारका लागि आवासको व्यवस्था गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले बजेट विनियोजन गर्नुपर्ने बताए । 

अति विपन्न आवास व्यवस्थापनमा सक्रिय रहेका मध्यपुरथिमिमा नवीन प्रकाश श्रेष्ठले मध्यपुरथिमिमा यसअघि पनि चार परिवारलाई आवासको व्यवस्था गरेको र अहिले पनि चार परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको बताए ।