सूचना प्रविधि

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को शिर्ष प्रायोजक, डिजिटल इकोसिस्टमको विकासमा सहकार्य गर्ने


१३ असोज, काठमाडौं । आइसिटी अवार्ड २०२२ को शिर्ष प्रायोजकको रुपमा अग्रणी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सले सहकार्य गरेको छ ।

आज एक कार्यक्रमबिच इन्फोडेभलपर्सका सिइयो उमेश रघुवंशी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबिच शिर्ष प्रायोजनको लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट सह-सस्थापकहरु प्रविण सुवेदी, अर्विन्द प्रधान र सिओओ डा. राजिव सुब्बाको उपस्थिति रहेको थियो ।
सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रममा आइसिटी क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुको सहभागिता रहेको छ । सातौ आइसिटी अवार्डको शिर्ष प्रायोजकको रुपमा इन्फोडेभलपर्सले सहकार्य गर्ने सुवर्ण अवसर पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीका सिइओ उमेश रघुवंशीले भने “ हामीले २० वर्षदेखि डिजिटल रुपान्तरणको लागि काम गर्दै आइरहेका छौ, अब यसको इकोसिस्टमको विकासमा थप योगदान गर्ने उदेश्यले आइसिटी अवार्डसँग सहकार्य गरेका हौ । “ २० औं वर्षको यात्रामा रहेको नेपालको अग्रणी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सले ३५० जनाबढिलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । नेपालका प्रमुख सरकारी, गैरसरहकारी, व्यवसायिक र वित्तिय संस्थाहरुमा सेवा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स सफ्टवेयर उद्योग क्षेत्रको एउटा प्रतिष्ठित र विश्वासिलो ब्राण्ड बनिसकेको छ । कम्पनीलाई नेपाली युनिकर्नको रुपमा स्थापित गराउने लक्ष्य सहित एक वर्षमा एक अर्बको कम्पनी बनाउने आक्रमक रणनीतिक योजना बोकेर अहिले इन्फोडेभलपर्स अगाडी बढेको छ । कम्पनीले नेपाल वाहेक अन्य देशहरुमा समेत आफ्नो सेवा विस्तार गरिरहेको छ ।
सन् २०१६ बाट सुरु भएको ‘आइसिटी अवार्ड’को सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हुदैछ ।
लिभिब विथ आइसिटीको मुख्य आयोजनामा हुने आइसिटी अवार्डको छनौट प्रकृयामा १३ जना बिज्ञ जुरी सदस्य र १५ जना बिशिस्ट सल्लाहकारहरु रहेका छन । यस वर्ष विभिन्न १२ विधामा ५०० बढिको नोमिनेसन प्राप्त भएको छ । आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ । यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक १८ र १९ गते एक सयभन्दा बढि डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरुको प्रदर्शनी तथा इन्क्युवेसन कार्यक्रम‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुनेछ । यसको लागि आयोजकले यस अघि सातै प्रदेशमा फेस्टको आयोजना गरेको थियो । सातै प्रदेशबाट ४० बढि स्टार्टअप तथा आइडियाहरु काठमाडौंको कार्यक्रमको लागि छनौट भएका छन । आइसिटी अवार्ड २०२२ को दोश्रो चरणको छनौट पश्चात स्टार्टअप, प्रडक्ट र राइजिब स्टार इन्नोभेसन विधामा उत्कृष्ट १२ को सार्वजनिक गरिएको छ ।