सूचना प्रविधि

कांग्रेसद्वारा प्रवास मिडिया समन्वय तथा प्रचारप्रसार उपसमिति गठन

६ कात्तिक, काठमाडौँ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचारप्रसार उपसमितिमा सदस्यहरु मनोनयन गरेको छ ।

कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचारप्रसार उपसमितिमा ३७ जना सदस्य मनोनीत गरेको हो ।

मुख्यसचिव कृष्ण पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचारप्रसार समिति’ का संयोजक एवं पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचारप्रसार समितिका सदस्य उर्मिला थपलियाको संयोजकत्वमा गठित ‘नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचारप्रसार उपसमिति’ मा सदस्यहरु मनोनीत गरेका जानकारी दिएका हुन् ।