सुदूरपश्चिम

कैलाली–४ मा कांग्रेसका बलायर झण्डै चार हजार मतान्तरले निर्वाचित

८ मंसिर, कैलाली । कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको भर्खर सम्पन्न मतगणनामा उनले नेकपा (एमाल)का लेखराज भट्टलाई पराजित गरेका थिए ।

नव निर्वाचित बलायरले २६ हजार एक सय ७१ मत पाउँदा भट्टले २२ हजार पाँच सय ३३ मत पाएका हुन् । उनीहरुको मतान्तर तीन हजार चार सय ३८ छ ।

विसं २०७० मा डोटीबाट निर्वाचित भएका बलायरले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । अघिल्लो निर्वाचनमा उनी तत्कालीन एमालेका प्रेमबहादुर आलेसँग पराजित भएका थिए ।