राजनीति

देउवाले अध्यादेश ल्याएको बिरोध गर्दै डा कोईरालाले भनेः कानुनलाई बङ्ग्याउँने छुट कसैलाई छैन

२६ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता शेखर कोईरालाले कानुनलाई बङ्ग्याउँने छुट कसैलाई छैन भनेका छन् ।
सरकारले ल्याएको अध्यादेशको बिरोध गर्दै उनले अध्यादेश मार्फत कानुन संशोधन गरि अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो भनेका छन् ।
नेता कोईरालाले कानुनलाई बङ्ग्याउँदा गलत नजिर बस्ने तर्क सामाजिक सञ्जालमार्फत गरेका छन् ।
आफ्नै पार्टी सभापति शेरबहादुर देउवाले गरेको अध्यादेशको बरिष्ठ नेता कोईरालाले कडा टिप्पणी गर्नु राजनीतिक रुपमा अर्थपूर्ण रुपमा हेरिन्छ ।
उनले भनेका छन्ः आफू अनुकुलको राजनीतिक सहजताको लागि अध्यादेश मार्फत कानुन संशोधन गरि अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो।
आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउँने छुट कसैलाई छैन।
भोलि यसले गलत नजिर बस्न जान्छ।