राजनीति

कामचलाउ सरकारले ल्याएको विवादास्पद अध्यादेश राष्ट्रपतिले फिर्ता पठाउनुपर्छः अध्यक्ष थापा

२७ मङ्सिर, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कामचलाउ सरकारले ल्याएको विवादास्पद अध्यादेश पुनर्विचारको निम्ति राष्ट्रपतिले फिर्ता पठाउनुपर्छ भनेका छन् ।
उनले ट्वीट गर्दै संविधानको संरक्षक भएकोले संविधान विपरित भएका कार्य रोक्नु राष्ट्रपतिको दायित्व भएको बिचार ट्वीटमार्फतर राखेका हुन् ।
अध्यक्ष थापाले संसदले पारित गरेको विधेयक संसदमा र सरकारले ल्याएको अध्यादेश सरकारलाई पुनर्विचारको निम्ति पठाउन सकिन्छ धारणा राखेका छन् ।
देउवा सरकारले ल्याएको अध्यादेशको ब्यापक बिरोध भईरहेकान बेला अध्यक्ष थापाको पनि बिरोध आएको छ ।
उनको ट्वीटः
कामचलाउ सरकारले ल्याएको विवादास्पद अध्यादेश पुनर्विचारको निम्ति राष्ट्रपतिले फिर्ता पठाउनुपर्छ। संविधानको संरक्षक भएकोले संविधान विपरित भएका कार्य रोक्नु राष्ट्रपतिको दायित्व हो। संसदले पारित गरेको विधेयक संसदमा र सरकारले ल्याएको अध्यादेश सरकारलाई पुनर्विचारको निम्ति पठाउन सकिन्छ