समाचार

प्रधानमन्त्री दाहाललाई राजदूत नवीन श्रीवास्तवमार्फत भारतीय समकक्षीको बधाईपत्र

१५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटमा उनीहरुबीच नेपाल–भारत बीचको सम्बन्धलाई अझै मजबुद बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा प्रधानमन्त्री दाहालसमक्ष राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाईपत्र हस्तान्तरण गरेका थिए ।