२० पौस, काठमाडौं । नेपाली काँग्रेसले पौस २ मा तय गरेको केन्द्रीय कार्यसमिति बैठक पौस २८ गतेका लागि सारेको छ ।
काँग्रेसले पौस २३ गतेका लागि दिउँसो १ बजेका लागि संसदीय दलको बैठक डाकेको छ ।
काँग्रेसले २५ गते संसद बैठक बस्नेहुँदा तयारी गर्न संसदीय दलको बैठक बस्नुपर्ने बताउँदै केन्द्रीय कार्यसमितिको बैठक पौस २८ गते सारेको छ ।
काँग्रेस सरकारमा जान असफल भएपछि केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्यसमिति बैठक डाक्न माग गरिएअनुसार डाकिएको बैठक सरेको छ ।





