समाचार

पार्टी एकीकरण, प्रधानमन्त्रीमा बिश्वासको मतमा मतदानलगायतमा माधव र प्रचण्डबीच छलफल

२० पौस, काठमाडौं । नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाल र प्रधानमन्त्री पुष्पकमल दहालबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट भएके छ ।
प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दहालले २६ गते बिश्वासको मत लिने र त्यसमा आफुलाई मतदान गर्न एकीकृत समाजबादी दललाई आग्रह गरेको बताइएको छ ।
काँग्रेस गठबन्धनबाट फुटेर एमाले गठबन्धनबाट प्रधानमन्त्री बन्न सफल भएका माओबादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दहाल, एसका अध्यक्ष माधव कुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत कम्युतिष्ट एकता गर्नेमा समेत बहस भईरहेको पछिललो समयमो नेपाल र दहालको भेटलाई अर्थपूर्ण रुपमा लिईन्छ ।