सामाजिक सञ्जाल

अध्यक्ष लिंदेनको दाबीः मन्त्रालयको सँख्या बढाएर राप्रपा सरकारमा जाँदैन

२० पुस, काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेनले मन्त्रालयको सँख्या बढाएर राप्रपा सरकारमा जाँदैन भन्ने दाबी गरेका छन् ।
अध्यक्ष लिंदेनले राप्रपा लगायतका दलहरूलाई सरकारमा लान मन्त्रालयहरूको सँख्या बढाईने भन्ने हल्ला निराधार बताउँदै उक्त दाबी गरेका हुन् ।
ओली–दहाल गठबन्धन सरकारले तीनजना उपप्रधानमन्त्री बनाएपनि अझै मन्त्रालय फुटाएर भागबण्डा मिलाउन पाँचजना उपप्रधानमन्त्री बनाउने सरकारको तयारी भनिरहेका बेला उक्त दाबी अध्यक्ष लिंदेनले गरेका हुन् ।
उनको ट्वीटः
राप्रपा लगायतका दलहरूलाई सरकारमा लान मन्त्रालयहरूको सँख्या बढाईने भन्ने हल्ला निराधार हो ।
मन्त्रालयको सँख्या बढाएर राप्रपा सरकारमा जाँदैन।