मनोरञ्जन

पल शाह र समिक्षा के गर्दैछन् आजकाल ?

२१ पौस, काठमाडौं । लामो समय पछी गायिका समिक्षा अधिकारीले आफ्नो मुख खोल्दै आफ्नो बदनाम नगर्न आग्रह गरेकी छिन् । उनले फेसबुकमा लामो स्टाटस लेख्दै भनेकी छिन क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन।

उनको स्टाटस जस्ताको तस्तै मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकहरुमा मेरो हा र्दिक नमस्कार यहाँहरू सबैलाई अवगत भएकै कुरा हो । म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना हो।

सामाजिक सञ्जालमा मेरो वि’रुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला। बाँकि रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन।

क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय प नि छैन। म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु। यहाँहरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।

पल साहले पनि यसअघि एउटा यसतो मार्मिक स्टाटस् लेखेका थिएः
नमस्कार सबैमा ,
मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ूम यस्तो गित गाउछु २ू गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद