सामाजिक सञ्जाल

प्रदीप भन्छन्ः काँग्रेस अब आफ्नै बलमा उभिएर रचनात्मक प्रतिपक्षको भूमिका नै उचित बाटो

२३ पुस, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफ्नै बलमा उभिएर रचनात्मक प्रतिपक्षको भूमिका नै हाम्रो उचित बाटो भएको बताएका छन् ।
उनले विचार र सिद्धान्तमा अधिकतम दूरी रहँदारहँदै गठजोड गरेर सत्ता प्राप्ति हाम्रो प्राथमिकता होईन भनेका छन् ।
उनले यस्तो अस्वाभाविक गठबन्धन गर्ने विषय अशोभनिय हुन्छ भन्ने बिचार राखेका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्ः सत्ता र शक्तिका लागि सबै कुरा जायज ठान्ने प्रवृति गलत हो । विचार र सिद्धान्तमा अधिकतम दूरी रहँदारहँदै गठजोड गरेर सत्ता प्राप्ति हाम्रो प्राथमिकता होईन । यस्तो अस्वाभाविक गठबन्धन गर्ने विषय अशोभनिय हुन्छ । आफ्नै बलमा उभिएर रचनात्मक प्रतिपक्षको भूमिका नै हाम्रो उचित बाटो हो ।