पु.समाचार

काँग्रेस संसदीय दलको बैठक सिंहदरबारमा

२३ पुस, काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठक काँग्रेस संसदीय दलको कार्यालय सिँहदरबारमा आज बस्दैछ ।
संसदीय दलको निर्बाचन भएपछि काँग्रेस संसदीय दलको बैठक आज दिनको १ बजे बस्न लागेको हो ।
काँग्रेसले सबैभन्दा ठूलो पार्टी भएपनि सरकारबाहिर बस्नुपर्ने अवस्थालगायतका बिषयमा काँग्रेस संसदीय दलका आज छलफल हुने बताईएको छ ।
पछिल्लो समय ओली दहाल गठबन्धन बनेको र उक्त गठबन्धनले सरकार बनाएपछि काँग्रेसले सरकारबाहिर बस्नुपरेकोमा काँग्रेस नेतृत्व असन्तुष्ट छ ।