समाचार

दुईपटक सर्यो कांग्रेस केन्द्रीय कार्य समितिको बैठकः नयाँ मितिमाघ १५ मा

२६ पुस, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १५ गते बस्ने भएको छ ।

यही पुस २८ गते बिहीबार अपरान्ह १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भनिएको केन्द्रीय समितिको बैठक माघ १५ गते आइतबार अपरान्ह १ बजे बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि पनि पौस २३ गते गर्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक २८ गतेलाई सारिएको थियो । माघ १५ गतेको बैठक पनि अन्य राजनीतिक ब्यस्तता भए सर्ने सम्भावना देखिएको छ ।