सामाजिक सञ्जाल

कमल थापाको लिंदेनप्रति टिप्पणीः उहाँहरु पनि राजसंस्थालाई ‘डिपफ्रिज’मा थन्काएर गणतन्त्रको बाटोमा आउनुभयो

२६ पौस, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाले गणतन्त्र र संघीयता कार्यान्वयनका लागि मत मागेका प्रधानमन्त्री पुष्पकमल दहाललाई बिश्वासको मतदान गरेर गणतन्त्रलाई स्वीकार गरेको प्रतिकउया दिएका छन् ।
उनले ट्वी गर्दै राजसंस्थालाई ‘डिपफ्रिज’मा थन्काएर उहाँहरु पनि लोकतन्त्रको बाटोमा आउनु भयो भनेका छन् ।
अध्यक्ष थापाले राप्रपा अध्यक्ष लिंदेनप्रति ब्यंग्य गर्दै ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागतगर्दै सुशासन र समृद्धिको निम्ति सरकार’लाई समर्थनगर्न प्रम पुष्पकमल दाहालले गर्नुभएको अनुरोध शिरोधार्य गरी सरकारलाई समर्थनगर्ने राप्रपाको निर्णयको रमाईलो लाग्यो भनेका छन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागतगर्दै सुशासन र समृद्धिको निम्ति सरकार’लाई समर्थनगर्न प्रम पुष्पकमल दाहालले गर्नुभएको अनुरोध शिरोधार्य गरी सरकारलाई समर्थनगर्ने राप्रपाको निर्णयको रमाईलो लाग्यो।
अन्ततः राजसंस्थालाई ‘डिपफ्रिज’मा थन्काएर उहाँहरु पनि लोकतन्त्रको बाटोमा आउनु भयो😄