समाचार

सात प्रदेशमा प्रहरी डिआईजीको गरियो सरुवा, रानीपोखरीमा खाँ, राईले पाए लुम्बिनीको जिम्मा

२८ पौस, काठमाडौं । सरकारले सातै प्रदेशमा प्रहरीहरुको सरुवा गरेको छ । जसमा प्रहरी महानिरीक्षकको कार्यालयमा पोषराज पोख्रेल आएका छन् ।
प्रहरी प्रवक्ताको रुपमा कार्यरत टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश कार्यालय पठाईएको छ । त्यस्तै प्रहरी महानिरिक्षकको कार्यालयका बसन्त कुँवरलाई मधेष प्रदेशमा पठाइएको छ त्यस्तै मसाउद आलम खाँलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी ल्याइएको छ यस्तै गरी १७ जना प्रहरीका डिआईजीपीहरुलाई सरुवा गरिएको छ । गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङ, भीमप्रसाद ढकाल कर्णाली प्रदेश गएका छन् ।