राजनीति

गुरुराजले आक्रोशित हुँदै भनेः बारम्बार केन्द्रीय समितिको बैठक सार्नु नेतृत्वले राजनीतिक आत्मविश्वास गुमाएको लक्षण हो

१२ माघ, काठमाडौं । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले बारम्बार केन्द्रीय समितिको बैठक सार्नु नेतृत्वले राजनीतिक आत्मविश्वास गुमाएको लक्षण हो भनेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै आम निर्वाचन पश्चातको अनपेक्षित घटनाक्रमले उब्जाएको परिस्थितिमा त तुरुन्तै बैठक राखेर आगामी रणनीति तय गर्नुपर्ने होइन र ?
नेता घिमिरेले सल्लाहकार त पुनर्मूषिको भवः भए भए, प्रतिष्पर्धी समूह चाहिँ के गर्दै होला ? भन्ने प्रश्न गरेका छन् ।
नेपाली कँँग्रेसले मंसिर ४ गतेको निर्बाचनपछि बोलाएको बैठक यसअघि दुईपटक सारेपनि पुन आज तेस्रोपटक अनिश्चित समयका लागि सारेपछि नेता घिमिरेले असन्तुष्ट पोखेका छन् ।

उनको ट्वीटः बारम्बार केन्द्रीय समितिको बैठक सार्नु नेतृत्वले राजनीतिक आत्मविश्वास गुमाएको लक्षण हो। आम निर्वाचन पश्चातको अनपेक्षित घटनाक्रमले उब्जाएको परिस्थितिमा त तुरुन्तै बैठक राखेर आगामी रणनीति तय गर्नुपर्ने होइन र ? सल्लाहकार त पुनर्मूषिको भव। भए भए, प्रतिष्पर्धी समूह चाहिँ के गर्दै होला ?

पटक पटक सरेको कांग्रेस बैठक यसपटक अनिश्चित कालका लागि स्थगित