आर्थिक

नेप्सेमा २२ अंकको गिरावट

१९ माघ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक २२.१२ अङ्कले ओरालो लागेको छ । नेप्से २२.१२ अङ्कले घटेर २०९४.५४ बिन्दुमा बन्द भएको हो ।

आज ५८ लाख ९८ हजार ९०३ शेयरको किनबेच हुँदा २ अर्ब ९ करोड ६४ लाख १९ हजार १६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरी कारोबारमा रहेका १३ उपसमूहमा आज सबै उपसमूहको शेयर मूल्य घटेको छ ।

बजार पूँजीकरण भने ३० खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ ।