राजनीति

तत्काल सरकार नछाड्ने रास्वपाको निर्णय

१९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल नछाड्ने भएको छ । आज बसेको केन्द्रीय समिति बैठकले सरकार नछाड्ने निर्णय गरको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

बैठकमा सरकारबाट बाहिरिँदा पर्ने असर र सम्भावित घटना परिघटनालाई ख्याल गरिनुपर्नेमा केही नेताहरूले जोड दिएका छन् । केही नेताहरुले भने सरकारबाट बाहिरिएर जनतामा जानुपर्ने धारणा राखेका छन् ।

‘छलफल चलिरहेको छ । पार्टी सरकारबाट बाहिरिने अवस्था म देखिँन्दिनँ’, प्रमुख सचेतक परियारले भने । रास्वपाले पूर्व सहमति अनुसार आफूले गृह मन्त्रालय पाउनुपर्ने दावी गर्दै आएको छ। तर पनि प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रालय नदिने अडान लिएका छन् ।

रास्वपाबाट हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की छन् ।