राजनीति

आफ्नै टाउकोमा ढुंगा हान्न लगाएका रविलाई किन दिँदैछन् ओलीले साथ ?

२० माघ, काठमाडौं । रवि लामिछाने ७ महिना अगाडिसम्म टेलिभिजन प्रस्तोता थिए । उनी रविले सिधा कुरा कार्यक्रमबाट एमाले अध्यक्ष केपी शर्मा ओली निवास गएर ढुंगा हान्न कार्यकर्तालाई आग्रह गरेका थिए । 

एमालेका कार्यकर्ताले सर्वोच्च अदालतको परमादेशले ओलीको प्रधानमन्त्री पद गएको भन्दै सडकमा आन्दोलन गरेपछि रविले ओली निवास बालकोट गएर ओलीको टाउकोमा ढुंगा हान्न आग्रह गरेका थिए । 

उनले भनेका थिए, ‘ढुंगा हान्न नै छ भने बालकोटबाट आउँदा बाटो छेकेर ओलीलाई हान्नुहोस्, सोझो जनतालाई किन ढुंगा हान्नुहुन्छ ?’ त्यसपछि ओलीले पनि प्रतिजवाफमा सञ्चार माध्ययममा यसरी बोल्न पाइन्छ ? भन्दै प्रश्न गरे । 

आज उनी रवि र ओलीको लोभ परेको छ । कुनै समय एक अर्काबीच जुवारी चलेका उनीहरु अहिले सत्ता सहकार्यमा छन् । कुनै समय त्यही रविलाई ओलीले देख्न समेत सक्दैन थिए । 

ओलीले रविलाई मन नपराउनुको कारण हो चर्को स्वरले टेलिभिजनबाट ओलीको खरो विरोध । तर अहिले रवि राजनीतिमा छन्। अहिले रविलाई ओलीको साथ र ओलीलाई रविको साथ आवश्यक छ । 

नेपाली काङ्ग्रेससँगको गठबन्धन फुटाएर बालकोट पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उनै रवि र ओलीले प्रधानमन्त्री बनाए । सत्ता गठन हुनुअघि प्रधानमन्त्री माओवादी र एमाले आलोपालो गर्ने र एमालेलाई राष्ट्रपति दिने सहमतिसहित अध्यक्ष दाहाल प्रधानमन्त्री बने । त्यही सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले शक्तिशाली मन्त्रालय गृह पाए । 

त्यतिमात्र नभई रास्वपाले उपसभामुख समेत पायो । सहमतिअनुसार रास्वपा सभापति रवि उपप्रधान एवम् गृहमन्त्री बने । रास्वपाबाट इन्दिरा राना मगर उपसभामुख बनिन् । 

तर रविको नागरिकता विवादले गर्दा सर्वोच्च अदालतले दोषी ठहर गरेसँगै रवि उपप्रधान एवम् गृहमन्त्रीसहित सांसदबाट पदमुक्त भए। त्यसपछि उनले पुन: नेपाली नागरिकता लिए । 

त्यसलगत्तै उनी पुन: गृह मन्त्रालय फर्किने तयारीमा जुटेका छन्। तर प्रधानमन्त्री दाहालले भने उनलाई हतारमा गृह नदिने अडान लिएका छन् । तर रास्वपाले भने पूर्व सहमति अनुसार गृह नपाए सरकार छाड्ने चेतावनी समेत दियो ।  

यता एमाले अध्यक्ष ओलीले भने पटक-पटक रास्वपाले गृह पाउने दावी गर्दै आएका छन् । ओलीले रविले नै गृह मन्त्रालय पाउनुपर्ने दावी गरेका छन् । उनले पूर्व सहमति अनुसार गृह मन्त्रालय रास्वपाले पाउनलाई कुनै कुराले नछेक्ने बताएका छन् । 

उनले जुनसुकै हालतमा पनि गृह रास्वपाले पाउनुपर्ने माग गर्दै आएका छन्। ओलीले रविलाई नै गृहमन्त्री बनाउनु पर्ने दावी गर्दै आएका छन् । यसको मुख्य कारण हो राष्ट्रपति निर्वाचन । 

पूर्व सहमति अनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने छ । यदि पूर्व सहमति अनुसार प्रधानमन्त्री दाहाल नचले आफूले पनि राष्ट्रपति नपाउने डरमा छ एमाले । त्यस्तैले गर्दा सहमानी अनुसार रास्वपालाई गृह दिन ओलीले प्रधानमन्त्रीलाई दबाब दिंदै आएका छन् । सहमति

त्यतिमात्र नभई रास्वपाले सरकार छाडेको खण्डमा साकार संकटमा हुने निश्चित छ । नेपाली काँग्रेस भने सकरार ढल्ने रणनीतिमा लागेको छ। यदि रास्वपाले सरकार छाडेको खण्डमा कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको पद पनि फिर्ता लिन सक्छ । 

राप्रपाले पनि रास्वपालाई नै गृह दिन दबाब दिएको छ । तर प्रधानमन्त्री भने सर्वोच्चको पूर्णपाठ नपाएसम्म रविलाई गृहमन्त्री नबाउने रणनीतिमा छन् । तर बिहिबार बसेको रास्वपाको बैठकले भने सरकार छाड्ने लगभग निश्चित थियो । तर बैठक बस्नुअघि प्रधानमन्त्री र ओलीले रविलाई फोन गर्दै दुई दिन कुर्न आग्रह गरे । 

त्यसपछि रावापाले पनि प्रधानमन्त्री र ओलीलाई जम्मा दुई दिनको समय दिएको छ । रास्वपाले दुई दिनसम्ममा प्रधानमन्त्रीले निर्णय नलिए सरकार छाड्न बाध्य हुने दावी गरेको छ ।